काठमाण्डौँ — पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८९१ जना युवा कफिनमा फर्किएका छन्।
यस अवधिमा १ हजार २५२ भन्दा अंगभंग भएका छन् ।
मलेसिया र खाडी मुलकमा मात्रै ४२७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् ।
यो तथ्यांक वैदशिक रोजगार प्रवद्र्धन बोर्ड स्थापना भएको १० वर्षमा आर्थिक सहायता वितरण गरिकाहरुको मात्रै हो ।
त्यसबाहेक गैरकानुनी हैसियतमा रहेका अवैध बाटोबाट वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिका अवधि सकिएकाहरुको लेखाजोखा नै भएको छैन ।

मुलुकभित्र रोजगारीका पर्यात अवसर नहुँदा पछिल्लो १० वर्षको अवधिमा मात्रै ३७ लाख ६७२ पुरुष् र १ लाख ९७ हजार ८०७ महिला वैदेशिक रोजारीमा गएको तथ्यांक छ।

त्यस्तै १८ जना कोमामा रहेको तथ्यांकमा उल्लेख छ ।

कोमामा रहेका मध्ये ९ जना कतारमा छन् भने साउदी अरबमा ५ जना कोमामा रहेका छन्।

त्यस्तै कुवेतमा २ जना युएईमा १ र बहराइनमा एक जना कोमामा रहेका छन्।

— नयाँ पत्रिका
FACEBOOK COMMENTS