काठमाण्डौँ — वैदेशिक रोजगारीबाट फर्किने युवाको तथ्यांक राखिने भएको छ ।
अध्यागमन कार्यालयले सोमबारदेखि वैदेशिक रोजगारीबाट फर्किने युवाको तथ्यांक राख्न सुरु गर्ने भएको हो ।
वैदेशिक रोजगारी क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सोमबारदेखि एकीकृत सूचना व्यवस्थापन प्रणाली लागू गरिँदै छ ।
एकीकृत सूचना प्रणाली लागू भएसँगै सोमबारदेखि वैदेशिक रोजगारबाट फर्किने युवाको लगत राख्न थालिएको हो ।
यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाको तथ्यांक राख्ने गरे पनि सअघि फर्किने युवाको तथ्यांक सरकारले राख्ने गरेको थिएन ।
मन्त्रालयले उक्त प्रणालीलाई थप व्यवस्थित गर्न वैदेशिक रोजगारी मोबाइल एप्लिकेसनसमेत सार्वजनिक गरिसकेको छ ।
FACEBOOK COMMENTS