![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ –गत आर्थिक वर्षमा काम खोज्दै विदेश जाने नेपालीको संख्या झण्डै २० प्रतिशतले घटेको छ ।
नेपालमा राजनीतिक स्थिरता आएसंगै विदेशिनेको संख्या घटेको हो ।
पछिल्लो समय मलेसियाको गन्तव्य रोकिएकाले पनि संख्यामा कमी आएको हुन सक्छ ।
गत आर्थिक वर्ष ०७४÷७५ मा पुनः श्रम इजाजत लिनेसहित गरेर ६ लाख १२ हजार ६ सय ८५ जना युवा रोजगारीका लागि विदेश उडेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यसको अघिल्लो आर्थिक वर्ष ०७३÷७४ मा ७ लाख ५९ हजार २३० नेपाली कामका लागि विदेशिएका थिए ।
यसअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १९ प्रतिशत कम नेपाली विदशे पुगेका छन् ।
FACEBOOK COMMENTS