![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेकोे छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो ।
यसरी जम्मा भएको रकममध्ये कामदारको सामाजिक सुरक्षा र कल्याणकारी कार्यका लागि गत वर्ष ६० करोड १८ लाख ७२ हजार २ सय ८७ रुपैयाँमात्र खर्च भएको थियो ।
यसरी हेर्दा गत वर्षसम्म कोषमा खर्च कटाएर ५ अर्ब ६५ करोड रुपैयाँ मौज्दात रहेको छ ।
वैदेशिक रोजगारीमा जाने युवाले ३ वर्षसम्मको श्रम स्वीकृति लिँदा १ हजार ५ सय र ३ वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि २ हजार ५ सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा पर्ने नियम रहेको छ ।
— कारोबार
FACEBOOK COMMENTS