काठमाडौं, फागुन १९ – नेपाल टेलिकमले वैशाख १ गतेदेखि इन्टरनेटमा आधारित टेलिभिजन (आईपीटीभी) सेवा उपलब्ध गराउने भएको छ । इन्टरनेटसँगै टेलिभिजन सेवा दिन कम्पनीले केही दिन अगाडी परीक्षण प्रशारण समेत सम्पन्न गरेको छ ।
टेलिकमले पहिलो चरणमा अप्टिकल फाइबर बिछ्याइएका मुख्य चार शहरहरूमा यो सेवा उपलब्ध गराउने जनाएको छ । टेलिकमले सोमबार पहिलो चरणको परीक्षण प्रसारण गरेको र उक्त परीक्षण सकारात्मक भएको नेपाल टेलिकममा प्रवन्ध निर्देशक दिल्लीराम अधिकारीले बताए ।
परिक्षण प्रसारण सफल भइरहेकोले यो सेवा आउँदो वैशाख १ देखि ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ । एक डेढ महिनापछि सो सेवा उपलब्ध गराउने तयारी रहेको छ । हाल सेवा वल्र्डलिंक, भायनेट, सुविसु, क्लासिक टेक लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटमा आधारित टेलिभिजन सेवा प्रदान गर्दै आएका छन् ।
FACEBOOK COMMENTS