काठमाण्डौँ – नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले मानव अधिकारको उच्चतम ख्याल गर्दै दक्षिण एशिया क्षेत्रमा व्यवसायिक प्रवद्र्धन र विशेषगरी महिला उद्यमशीलता विकासमा सामूहिक रूपमा लाग्नु पर्नेमा जोड दिइन ।
उद्यमशीलताको विकास मार्फत महिलाहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न सकियो भने दक्षिण एशिया क्षेत्रमा महिला हिंसा र मानव अधिकार हननका घटनाहरू समेत कम हुन गई यस क्षेत्रलेनै आर्थिक समृद्धि हासिल गर्ने सुझाव उनको थियो ।
यूएनडीपी र यूएन वोर्किंङ ग्रुपले भारतको नयाँ दिल्लीमा आयोजना गरेको यूएन साउथ एशिया अन विजनेश एण्ड ह्यूमन राइटस विषयक क्षेत्रीय कार्यक्रमको महिला, व्यवसाय र मानव अधिकार विषयक शत्रलाई हालै संवोधन गर्दै सभापति श्रेष्ठले यस्तो बताइन ।
महासंघले कार्यस्थललाई सुरक्षित र सम्मानजनक कार्य वातावरण बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र दीगो विकासको लक्ष्यलाई पुरा गर्न निरन्तर अग्रभागमा रहेर कार्यगर्ने सभापति श्रेष्ठले अन्तराष्ट्रिय समुदायलाई विश्वास दिलाइन ।
FACEBOOK COMMENTS