काठमाडौं,माघ १८- चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा पनि निर्यातमा सामान्य सुधार आएको छ ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस महिनासम्ममा अघिल्लो वर्षको यसै अवधिकमा तुलानामा निर्यात २६ प्रतिशतले वृद्धि भइ ५७ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा निर्यात ४५ अर्ब ४१ करोडको मात्रै भएको थियो ।
तथ्यांक अनुसार ६ महिनामा ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँको सामान आयात भएको छ। यस अवधिमा आयातमा ४ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष गत सोही अवधिमा ७ खर्ब २३ अर्ब रुपैयाँको आयात भएको थियो । आयात घट्दा निर्यातसमेत बढेको छ।
यसरी चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा पनि व्यापार घाटा सुधारोन्मुख देखिएको छ ।
गत वर्ष ६ महिनामा ६ खर्ब ७८ अर्ब रुपैयाँको व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै सिमित छ ।
निर्यातले उच्च दरमा वृद्धिको बाटो पहिलाएको छ । यसले समग्र व्यापार घाटा घटाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
FACEBOOK COMMENTS