काठमाण्डौं – नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले सोमबार घोषणा गरेको बन्द कार्यक्रम फिर्ता लिएको छ ।
बजार बन्द हुँदा किसानको तरकारी खेतबारीमै नष्ट हुने जोखिम उत्पन्न हुने भन्दै महासंघले मंगलबार साँझदेखि बन्द कार्यक्रम फिर्ता लिएको महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।
उनले बन्द कार्यक्रमले किसान मारमा पर्ने भएकाले किसानलाई मारमा नपार्ने गरी बन्दको कार्यक्रम फिर्ता लिएको बताए ।
तर हामीले उठाएका मुद्दाहरु सरकारले पूरा नगरेसम्म सांकेतिक रूपमा हाम्रो आन्दोलन जारी रहन्छ ।
उनकाअनुसार बुधबार बिहानदेखि कालिमाटी बजारमा नियमित रूपमै तरकारीको आपूर्ति र बिक्री वितरण भएको छ ।
महासंघले सोमबार आह्वान गरेको बन्दका कारण कालिमाटी तरकारी बजारमा मंगलबार निकै कम कारोबार भएको छ ।
– अन्नपूृर्ण
FACEBOOK COMMENTS