तनहुँ, १६ माघ-व्यास अल्ट्रा दौडको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका २५ वर्षिय देवराज महताराले जितेका छन् । मानहुँकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटरको दुरीको दौड ३ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै उनले सो उपाधि जितेका हुन ।
सो अल्ट्रा दौडमा सोलुखुम्बुका सुमन कुलुङ राईले दोस्रो स्थान हासिल गरेका छन् । राईले ३ घण्टा ८ मिनेट १ सेकेण्डमा दौड पुरा गरेका थिए । नेपाली सेनाको त्रिभुवन आर्मीकै धावक बेदबहादुर सुनुवारले तेस्रो स्थानमा रहदै दौड पुरा गरेका छन् ।
उनले दौड ३ घण्टा १० मिनेट ५ सेकेण्डमा पुरा गरेका थिए । धावकहरुले विभिन्न ८ वटा विन्दुलाई पार गरेर दौड पुरा गरेका थिए ।
FACEBOOK COMMENTS