काठमाडौं, ५ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसीआर)को कार्यालयका नेपाल प्रतिनिधि क्यारोलिन स्पानुथ बर्माले भेट गरेकी छिन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा मङ्गलबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले शरणार्थी समस्या समाधानमा प्राप्त सहयोगका लागि यूएनएचसीआरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोग निरन्तर रूपमा प्राप्त भइरहने विश्वास व्यक्त गरे ।
नेपालमा बाँकी रहेका भुटानी शरणार्थीलाई स–सम्मान आफ्नै मुलुक फिर्ता हुने वातावरण तयार गर्नु पहिलो प्राथमिकतामा पर्ने विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले त्यसो हुन नसक्ने अवस्थामा उनीहरूको तेस्रो मुलुकमा पुनस्र्थापना वा व्यवस्थापन हुनुपर्नेमा जोड दिएका थिए । उनले यसका लागि यूएनएचसीआरले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।
FACEBOOK COMMENTS