काठमाडौं, जेठ ११ – इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले आज मंगलबार नेपालमा आफ्नो नयाँ स्मार्ट फोन ‘पोको एफ थ्री’ सार्वजनिक गरेको छ । तीन वटा कलर भ्येरिएन्ट आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लूमा उपल्बध हुने यी स्मार्टफोन आगामी आइतबारदेखि नेपाली बजारमा उपल्बध हुने छ ।
कम्पनीका अनुसार अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पार्टनरहरूमा यी फोनहरू उपलब्ध हुने छन् । ‘एभ्रीथिङ यू निड एण्ड नथिङ डन्ट’को सिद्धान्तलाई पछ्याउँदै पोकोले आफ्नो ग्राहकमाझ यो नयाँ स्मार्टफोन सार्वजनिक गगरेको बताएको छ । नयाँ फोनले आफ्नो पोर्टफोलियोमा राम्रो प्रभाव राख्ने कम्पनीको विश्वास छ ।
दुई वटा भेरियन्टमा उपलब्ध ‘पोको एफ थ्री’ ६ जीबी र्याम र १२८ जीबीको नेपाली मूल्य ४६ हजार ९९९ रूपैयाँ र ८ जीबी र्याम र २५६ जीबी भेरियन्टको मूल्य ५१ हजार ९९९ रूपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । साथै पोको नेपालले यही जुन ३० तारिकसम्म ‘पोको एफ थ्री’ खरीद गर्ने उपभोक्तालाई एक वर्षसम्मको ‘ब्रेकेज इन्स्योरेन्स’ सुविधा समेत उपलब्ध गराएको छ ।
कुनै सम्झौताविना एक छिटो र बलियो उपकरण ‘पोको एफ थ्री’ शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यू रिफ्रेस रेट एमोलेड स्क्रिनको साथ उपलब्ध हुने शाओमी नेपालको दाबी छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भन्छन्, ‘पोकोमा हामी हाम्रा फ्यानहरूका लागि उत्तम टेक्नोलोजी ल्याउनमा केन्द्रित छौँ । पोकोका उत्पादनहरूले नेपालमा देखेको जबरदस्त प्रतिक्रिया हाम्रा उपभोक्ताले हामीमाथि गरेको विश्वासको गवाही हो ।’
आफ्नो विरासतलाई अगाडि बढाउँदै ‘पोको एफ थ्री’ द रियल बिस्ट नेपालमा ल्याउन आफूहरू उत्साहित भएको बताउँदै कोठारीले भने, ‘अहिलेसम्मकै सभैभन्दा शक्तिशाली पोकोको स्मार्टफोन, पोको एफ थ्री क्वालकम स्न्यापड्रागन ८७० फाइभ–जी मोबाइल प्लाटफर्म र ६.६७ ई–फोर एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथै डोल्बी एटमोस अडियोको साथ आउने छ । शक्तिशाली स्लीम र लाइट रहेको पोको एफ थ्री हाई–एन्ड फ्ल्यागसिपमा उपलब्धरहेको छ ।’
FACEBOOK COMMENTS