काठमाडौं, वैशाख २ – शाओमी नेपालले स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टीभी स्टिक लन्च गर्ने भएको छ । नन–स्मार्ट टीभीलाई स्मार्ट टीभीमा रुपान्तरण गर्न एमआई टीभी स्टिक ल्याइएको कम्पनीले बताएको छ । एन्ड्रोइड टीभी ९।० द्वारा संचालित एमआई टीभी स्टिकले गुगल प्ले मार्फत ५ हजार भन्दा माथि एप्स र गेम्सहरु प्रदान गरेको कम्पनीले जनाएको छ ।एक स्लिम र स्लिक डिजाइन भएको एमआई टीभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइनले बनेको छ । ग्याजेटमा सिनेमा जस्तो अनुभवको लागि डोल्बी र डीटिएस अडियो कम्प्रेसन टेक्नोलोजी पनि छ । यसका अतिरिक्त एमआई टीभीमा स्टिक क्वाड–कोर प्रोसेसर सहितको १ जीबी र्याम र ८ जीबीको इन्टरनल स्टोरेज रहेको छ ।
शाओमी नेपालका काउन्टी जेनेरल म्यानेजर सौरभ कोठारीले शाओमीले केवल सामाग्रीमा पहुँच प्रदान नगरी नन–स्मार्ट टीभी सेटहरुमा स्ट्रिमिङ्गलाई अझ सुविधाजनक बनाउने बताए । उनले एमआई टीभी स्टिकको लन्चसँगै उपभोक्ताहरूलाई स्मार्ट टीभी अनुभव प्रदान गर्ने बताए ।एन्ड्रोइड टीभी ९।० एन्ड्रोइड टीभीको संस्करण ९९।००मा संचालित एमआइ टीभी स्टिकले प्रयोगकर्ताका लागि ‘वर्ल्ड अफ कन्टेन्ट’ को पहुँच दिएको कम्पनीको दावी छ ।
यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी, हटस्टार, हंगामा प्ले, जी फाइभ, आह मनोरञ्जन जस्ता लोकप्रिय ओटीटी प्लेयरको पहुँचको साथ अनलाइन सामग्री स्ट्रिमिङका लागि एक स्टप गन्तव्य बनेको कम्पनीले जनाउको छ ।
FACEBOOK COMMENTS