काठमाडाैं, फागुन २३ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षकी नेत्री शान्ता चौधरीले मेलम्चीको पानी काठमाडौंमा झारेर सरकारले अभूतपूर्व काम गरेको बताएकी छन् ।
आइतवार बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नेत्री चौधरीले इतिहासमा कलंकित भएर बसेको मेलम्ची खानेपानी परियोजनालाई अहिलेको सरकारले सफल पारेको दावी गरेकी छन् ।
उनले विरोध गर्ने पर्ने एउटा जमातले सरकारको यो सफलताको पनि विरोध गर्ने हो कि भन्दै प्रश्न समेत गरेकी छन् । उनले भनेकी छन्, सरकारलाई साधु वाद छ, काठमाडौंका जनतालाई बधाई ।
FACEBOOK COMMENTS