काठमाण्डौँ — शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो असोज २९ गतेबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।
नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकन कर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिने बताए ।
श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा ल्याइँदैछ ।
केही महिनाअघि विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो ।
— गोरखापत्र
FACEBOOK COMMENTS