![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– शिवम सिमेन्टले प्रभावितका वासिन्दालार्इ निष्काशन गरेको प्राथमिक शेयरमा सामान्य आवेदन परेको छ।
उद्योगले प्रभावित क्षेत्रका बासिन्दालाई अंकित मूल्य एक सय रुपैयाँमा दुई सय रुपैयाँमा प्रिमियम थप गरी प्रति कित्ता तीन सय रुपैयाँमा आइपिओ निष्काशन गरेको थियो।
प्रभावितका लागि निष्काशन गरिएको शेयरमा जम्मा २३ प्रतिशत मात्रै आवेदन पररेको छ ।
कम्पनीले गत साउन १३ गतेदेखि भदौ ११ गतेसम्म मिति समायावधि प्रथम चरणको आवेदन खुला गरेको थियो। यो अवधिभर जम्मा ६ करोड सात लाख २३ हजार रुपैयाँ बराबरको दुई लाख दुई हजार चार सय १० कित्ता शेयरकोलागि आवेदन परेको छ ।
प्रभावितका लागि कम्पनीले २६ करोड ४० लाख रुपैयाँ बराबरको आठ लाख ८० कित्ता शेयर निष्काशन गरेको थियो।
बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणको लागि थप गरी दोस्रो चरणमा बिक्री खुला हुने भएको छ।
कम्पनीको पहिलो चरणमा निष्काशन सकेपछि दोस्रो चरणमा सर्वसाधारणको लागि प्रति शेयर ४०० रुपैयाँमा निष्काशन गर्ने योजना बनाएको छ।
FACEBOOK COMMENTS