![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– आगामी मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा बढाउँदैछ भन्ने समाचार सार्बजनिक भएसँगै सुधार देखिएको शेयर बजारमा बिहीबार फराकिलो अंकले बढोत्तरी भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोवार मापक सूचक ३६ अकले बढेर १२२४ अंकमा उक्लिएको छ। लगातार तेस्रो दिन सूचक बृद्धि हुँदा बजार १२२६.१८ अंकमा पुगेको हो।
बुधवार राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत ऋण सीमा बढाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि लगानीकर्ता उत्साहि हुँदा बजार दोहोरो अंकले बढेको जानकारहरुले बताएका छन् ।
बिहीबार सूचकसँगै कारोबार रकम समेत उलेख्य बढेको छ। १६८ कम्पनीका ४६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यो अघिल्लो दिनको तुलनामा ८४ प्रतिशत बढि हो। बुधवार १६९ कम्पनीका २५ करोड रुपैयाँ वरावरका शेयर खरिद विक्रि भएका थिए।
FACEBOOK COMMENTS