काठमाडौं, कात्तिक १२ – दशैंको विदापछि खुलेको शेयर बजारमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ४१.२० अंकको वृद्धिसँगै बजार एक हजार ४७ दशमलब ४६ पुगेको छ । बुधबार कारोबार तीन अर्ब नजिक भएको छ । दुई अर्ब ७२ करोड बराबरको शेयर कारोबार भएको छ ।
बुधबार एक वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमबल २१ अंकले बढेको छ । बधुबार अधिकांश बाणिज्य बैंकहरुको शेयर मूल्यमा वृद्धि भएको छ । बधुबार अधिकांश बाणिज्य बैंकहरुको शेयर मूल्यमा वृद्धि भएको छ ।
बुधबार बैंकिङ समूह ५५ दशमलब १५, होटल ३२ दशमलब ८५, विकास बैंक समूह ६० दशमलब ९७, जलविद्युत समूह ३ दशमलब ८६, फाइनान्स समूह १३ दशमलब ३८, निर्जीवन बीमा समूह ४७ दशमलब ०७, उत्पादन समूह २० दशमलब ८८, माइक्रो फाइनान्स समूह २५ दशमलब १९, जीवन बीमा समूह ११० दशमलब ६८को वृद्धि देखिएको छ । त्यस्तै म्युचुृअल फण्ड समूह शुन्य दशमलब १३ले बढेको छ व्यापार समूहमा भने ८ दशमलब ८३ अंकको गिरावट आएको छ।
FACEBOOK COMMENTS