![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – राजधानीमा जारी १२ औं राष्ट्रिय शैक्षिक परामर्श (ईक्यान) मेला आइतबार सकिदै छ ।
साउन ३ गतेदेखि सुरु भएको मेलामा अवलोकन गर्न आउने विद्यार्थी र अभिभावकको घुइँचो बढेको छ ।
मेला अवधिभरमा करिब १ लाखभन्दा बढीले अवलोकन गरी वैदेशिक उच्च शिक्षाका लागि राय, परामर्श लिन सक्ने लक्ष्य लिइएको आयोजक संस्था नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का उपाध्यक्ष राजेन्द्र रिजालले बताएका छन् ।
उनका अनुसार ईक्यान मेलामा विद्यार्थी र अभिभावकहरुले विशेष चासो, उत्सुकता र जिज्ञासाका साथ परामर्श लिइरहेका छन् ।
मेलामा रहेका २२८ वटा शैक्षिक परामर्शदातृ संस्थाका स्टलबाट परामर्शदाताहरुले सेवा दिइरहेका छन् ।
मेलामा अष्ट्रेलिया, यूरोप, जापान, अमेरिका, क्यानाडा, कोरिया, मलेशिया, फिलिपिन्स, भारत लगायत देशको शिक्षा नीति, शैक्षिक कार्यक्रम, यूनिभर्सिटी, कलेज र विषयहरुका बारेमा सम्पूर्ण जानकारी लिन सकिन्छ ।
FACEBOOK COMMENTS