काठमाण्डौ, १२ मंसिर – श्रीलङ्काले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गरेको चिनियाँ कम्पनी कोभ्याक्ससँग छलफल गरेको छ । श्रीलङ्काली स्वास्थ्यमन्त्री पाभिथ्रा वान्नीअराचीले बिहीबार संसदलाई यस बारेमा जानकारी दिनुभएको समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेका छन् । विश्वभरी त्यसको उपयोगिता र पर्याप्तताका बारेमा कुराकानी भएको र श्रीलङ्कालाई पनि उपलब्ध गराउने बारेमा उहाँले जानकारी दिनुभएको हो । उहाँका अनुसार श्रीलङ्का यसअघि नै विश्वव्यापी खोप तथा सङ्क्रमण प्रतिरोधी सञ्जाल ‘ग्लोबल एलाईन्स फर भ्याक्सीन एण्ड इम्युनिसेसन’ मा आवद्ध भइसकेको छ ।
साथै खोप ल्याउनका लागि सरकारले प्रयास गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । सुरुमा श्रीलङ्काको २० प्रतिशत जनसंख्यालाई मात्रै पुग्नेगरी ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।
खोपले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाउदा साथ जतिसक्दो छिटोे आफ्नो देशमा ल्याइने मन्त्री पाभिथ्राले जानकारी दिनुभयो । खोप ल्याउनका लागि सरकारले विभिन्न समिति तथा उपसमितिहरू बनाएर जिम्मेवारी दिएको उहाँले बताउनुभयो ।
FACEBOOK COMMENTS