ललितपुर, ०८ माघ -ललितपुर महानगरपलिका वडा नं ०५ का अध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा शुक्रबार बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ । ललितपुर ०५ लाई ‘स्वच्छ, सफा हराभरा र धुवा-धुलोरहित वडा बनाउने अभियान’ अन्तर्गत आज आयोजित सो कार्यक्रमको उद्घाटन संघिय सांसद पम्फा भुषालले गरिन् । कार्यक्रमको उद्घाटन गर्दै सांसद भुषालले नगर क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउन स्थानिय तहसँगसंगै, सामाजिक एवम् व्यवसायिक संघ-संस्था तथा प्रतिष्ठान, नगरबासी, सरकारी कार्यालय लगायतको संयुक्त पहल आवश्यक रहने औल्याउदै ललितपुर ०५ नम्बर वडाले वातावरणिय स्वच्छताका लागि देखाउदै आएको तदरुकताको तारिफ समेत गरिन् । तत्पश्चात उनी फोहर संकलन कार्यमा सरिक रहदै झाडु लगाउने, फोहर टिप्ने जस्ता गतिविधीमा संलग्न समेत भईन । त्यसो त सांसद भुषालका अलवा नेकपाका ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यन्जनकार, प्रदेश सांसद राजकाजी श्रेष्ठ, वडाध्यक्ष विकासमान श्रेष्ठ लगायतले अभियानमा उसैगरि सकृयता देखाउदै सरसफाईजन्य गतिविधीमा आफूलाई सरिक गराए ।
महालक्ष्मीस्थान स्थित महालक्ष्मी पार्टि प्यालेसबाट शुरु भएको उक्त सरसफार्इ कार्यक्रम अन्तर्गत विभिन्न ०५ टोलीले निर्धारित रुट हुँदै वडा क्षेत्रको सरसफाई गरेको थियो । जसमा संघिय सांसद भुषाल , नेता ब्यन्जन्कार, प्रदेश सांसद महर्जन सहित टोल विकास संस्थाका प्रतिनिधि, पाटन अस्पतालका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, गोर्खा ब्रिटिश क्याम्प, स्थानिय क्लब, महिला समुह, वातावरणसँग सम्बन्धित संस्थाहरु नेप्सेम्याक र बहुउदेश्यीय संस्थाका अभियन्ता, विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्यनरत विद्यार्थी एबम शिक्षक शिक्षिका, व्यवसायी, वडा स्थित जनप्रतिनिधी, कर्मचारी, वडाबासी लगायत सम्मिलित थिए । उक्त टोलीहरुको नेतृत्व क्रमश: ललितपुर ०५ नंबर वडाका अध्यक्ष विकासमान श्रेष्ठ, महिला सदस्य शोभा देवी प्रधान श्रेष्ठ, वडा सदस्यद्वय अशोक कुमार श्रेष्ठ तथा मैया रिजाल, वडा सचिव मुकुन्द रन्जित र वडा समिति सल्लाहकार तारक सिंह बस्नेतले गरेका थिए । वडा स्थित विभिन्न क्षेत्रको परिक्रमा गर्दै फोहर संकलन तथा सडक एबम सडक पेटी सफाई कार्य टुङिए लगत्तै मानभवन स्थित कृष्टल पार्टि प्यालेसमा एक औपचारिक सभाको आयोजना गरिएको थियो ।
सो अवसरमा नेकपाका जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यन्जनकार र प्रदेश सांसद राजकाजी महर्जनले कार्यक्रमलाई संबोधन गर्दै स्वच्छ, सफा र हरियाली वातावरण निर्माणमा ०५ नंबर वडाले देखाउदै आएको सकृयताको मुक्तकण्ठले प्रशंसा गर्दै ललितपुर ०५ नंबर वडाले नमुनागत विशेषता बोक्दै आएको स्मरण गरे । त्यस्तै, ललितपुर ०५ नंबर वडाका अध्यक्ष विकासमान श्रेष्ठले सरसफाई कार्यक्रम नियमित गर्नुपर्ने कार्य भएको सुझाउदै अभियान संचालनको मुलभुत उदेश्य सबैलाई वातावरणमैत्री बन्न उत्प्रेरित गर्नु रहेको बताए ।
FACEBOOK COMMENTS