ललितपुर, ३२ जेठ – भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन विधेयक संघीय संसदबाट पास भएपछि ललितपुरमा दिप प्रज्वलन गरि हर्स बढाई गरिएको छ । यस अघि नक्सामा छुटेको भुमी समेतलाई समेटन संविधानमा भएको संशोधनको स्वागतमा दिप प्रज्वलन गरिएको हो । लगनखेलमा भएको उक्त दिप प्रज्वलन कार्यक्रम ललितपुर ने.क.पा जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार लगायतका नेता कार्यकर्ता एवम जिल्लाबासीहरुको सहभागीता रहेको थियो ।
दिप प्रज्वलनमा बिकास मान श्रेष्ठ, हरि कृष्ण थापा मगर, सरोज सिंह, सुदर्शन मिश्र , श्याम ब्यन्जनकार, अस्ट वीर ब्यन्जनकार, कृष्ण कुमार नेपाली , शोभा श्रेष्ठ , बिपिन महर्जन , नारायण , दिपेश, रजेश तण्डुकार , नवीन महर्जन, शोभा देवी श्रेष्ठ, अशोक कुमार श्रेष्ठ, मैया रिजाल सहित ५० जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रममा सहभागी मध्येकी एक पृथ बिन्दु महर्जनले जानकारी दिईन ।
FACEBOOK COMMENTS