अन्जनराज न्यौपाने
तनहुँ, २६ माघ- बाराही मिडिया प्रालिका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ तनहुँका पुर्व सभापति प्रदिप काफ्लेद्वारा रचित राष्ट्रिय गीत एक कार्यक्रमका बीच शनिबार विमोचन गरिएको छ। उक्त राष्ट्रिय गीतमा बलिउडका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको आवाज रहेको छ । उक्त राष्ट्रिय गीतको विमोचन गर्दै अग्रज वरिष्ठ पत्रकार देश संचारका सम्पादक युवराज घिमिरेले राष्ट्रिय गीतले नेपाल र भारत बीचको प्रगाढ सम्बन्ध थप बलियो वनाउन उत्प्रेरित गर्ने बताए । ‘नेपालको मौलिक , भाषा, कला, संस्कृति , परम्परागत मूल्य र मान्यता , रीतिरिवाज ,जातीय ,धार्मिक र नेपालको ऐेतिहासिक पर्यटकीय स्थलहरुको महत्वई राष्ट्रिय गीतमा समेटिएको छ’ उनले भने।
गीत संगीतको संगीतिक माध्यमबाट यस गीतले नेपाल ,नेपालीको मन छुन सफल हुनेमा विश्वास समेत व्यक्त गरे। मुलुकले मलाई के दियो भन्नू भन्दा पनि मुलुकलाई मैले के दिए भन्ने सकारात्मक गीतले सन्देश दिएको बताउदै वरिष्ठ पत्रकार घिमिरेले राष्ट्रभाव, राष्ट्रियताप्रतिको मोह, समाजबादी शैली ,अहिंसात्मक सकारात्मक सोचको विकास, राष्ट्रियताको संरक्षण र न्याय विनाको शान्ति संभव नहुने गीतको सन्देश रहेको टिप्पणी गरे।
ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले देशको सामाजिक ,आर्थिक र साँस्कृतिक पक्ष झलकाउने उक्त गीतले नेपाली मन ,मस्तिष्कलाई थप प्रेरणा दिने बताए । संचारकर्मी अपार पौडेलले नेपालको राष्ट्रियता, पर्यटन प्रवर्द्धन गराउन गीतको माध्यमबाट सन्देश दिन खोजिएको बताए ।यसैगरी, प्रसिद्ध हास्य कलाकार निर्मल शर्माले गीतले राष्ट्रभाव ,सामाजिक चरित्र चित्रण, मातृभूमिको अगाद स्नेह र नेपालीपन झल्काउने खालको राष्ट्रिय भावनाले ओतप्रोत भएको बताए ।
FACEBOOK COMMENTS