काठमाण्डौँ — नेपालमा जलवायु अनुकूलनसम्बन्धी परियोजनामा लगानीका लागि संयुक्त राष्ट्र संघ हरित जलवायु कोषमा नेपाल सूचीकृत भएको छ ।
कोरियामा भएको संयुक्त राष्ट्र संघ हरित जलवायु कोषको बोर्ड बैठकले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई एक महिनाअघि छनोट गरेकोमा नेपाल डारेक्ट एक्सेस इन्टीटीमा सूचीकृत भएको हो ।
सूचीकृतसँगै नेपालले परियोजनामा सोझै लगानी ल्याउन सक्नेछ ।
सरकारले कोषका लागि नेपालको तर्फबाट केन्द्र र राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई सिफारिस गरेकोमा बिहीबारमात्र केन्द्रलाई सूचीकृत गरेको छ ।
केन्द्रका निर्देशक नवराज ढकालका अनुसार नेपालमा जलवायुको असरलाई न्यूनीकरणका लागि जलवायु अनुकूलसम्बन्धी परियोजनामा लगानीका लागि सानो तर्फ लगानी गर्नेछ ।
.— कारोबार
FACEBOOK COMMENTS