काठमाडाैं, पुस २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन् ।
काठमाडौंमा आयोजित युवा संघको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेले संसद विघटन हुँदा देश संघटमा पर्यो भनेर स्यालहुइँया मच्चाएको बताए ।
‘संसदको निर्वाचन हुँदा देश संकटमा पर्छ ? संविधान संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन,’ उनले भने, ‘यतिबेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन् ।’
लामो समय संवैधानिक आयोगमा पदपूर्ति हुन नदिइएको प्रधानमन्त्री ओलीले बताए । त्यसपछि अध्यादेश ल्याएर आयोगमा पदपूर्तिको प्रयास गर्नुपरेको समेत स्पष्ट पारे ।
FACEBOOK COMMENTS