काठमाडौँ, फागुन १९ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अधिवेशन नजिकिँदै गर्दा आफू तनावमा नरहेको बताएका छन् । ओलीले फागुन २३ गतेको संसद् अधिवेशन सहजताका साथ सामना गर्ने योजना रहेको बताए ।
प्रधानमन्त्री ओलीले संसद् अधिवेशन सहज हुने दाबी गरे । “कसैले हटाउन सक्छ भने मलाई सरकारबाट हटाओस् । डेढ वर्षपछि त चुनाव हुन्छ नि, दुई तिहाई मत लिएर फेरि सरकार बनाउँछु,” ओलीले भने । नेपालका भूगोल, सम्प्रभुता, राष्ट्रिय एकता तथा जनताको हितलाई कम्फर्टेबल हुने खालको काम आफूले गर्दै आएको दाबी उनले गरे । “छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध राखिन्छ,” ओलीले भने, “उनीहरुलाई कम्फर्टेबल हुने काम यो सरकारले गर्दैन, यो सरकार नेपाली जनतालाई कम्फर्टेबल हुने काम गर्छ ।”
प्रधानमन्त्री ओलीले देश बनाउने मात्र आफ्नो सपना भएको दाबी गरे । “मैले देश बनाउँछु भन्दा मेरो सबैभन्दा बढी आलोचना भयो,” प्रधानमन्त्री ओलीले भने, “कुन्ती मोक्तानको गितमा भनेजस्तो काम गर्न खोज्दा खुट्टा तान्नेहरुको संख्या यो देशमा धेरै छ ।” तर, खुट्टा तान्नेको प्रयासलाई सम्मान गर्दै ‘देश बनाउन’ बाट नरोकिने ओलीले बताए ।
FACEBOOK COMMENTS