काठमाडौँ, साउन २६ – शरिरमा अक्सिजनको मात्रा कम भएर अस्पताल भर्ना भएका भारतीय अभिनेता सोमबार डिस्चार्ज भएका छन् ।
६१ वर्षीय दत्त मुम्बईस्थित लीलावती अस्पतालको आइसीयूमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था सामान्य भएपछि उनी आज डिस्चार्ज भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
गत महिना मात्र कोरोना संक्रमणबाट मुक्त भएका दत्तको अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोभिड -१९ परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको थियो ।
FACEBOOK COMMENTS