काठमाडौं,फागुन १- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्याक्स मनि ट्रान्सफर प्रा. लिका बीच मलेसियालगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम अब म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहजरुपमा भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँच लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
FACEBOOK COMMENTS