काठमाडौं, पुस २३ – सनराइज बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्ता काठमाडौंमा बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले भिभान्ता काठमाडौंको मायन्ट र अकारी रेस्टुरेन्टमा खाना र बेभरेजको सनराइज बैंकको के्र्रडिट तथा डेबिट कार्डमार्पmत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।
बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने जनाएको छ ।
सनराइज बैंकले ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।
FACEBOOK COMMENTS