![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं – सनराइज बैंकले ग्राहकहरुलाई स्वास्थ्य बीमा योजना अन्तर्गत देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गरेको छ ।
बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशत देखि २० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेगरी सम्झौता भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार सबै ग्राहकले स्वास्थ्य सुविधा पाउन् भन्ने उदेश्यले अरु निजी अस्पतालहरुसँग समेत सम्झौताको तयारी भैरहेको जनाएको छ ।
तोकिएका अस्पतालहरुमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड डेविट वा क्रेडिट कार्ड० देखाउनु पर्नेछ ।
बैंकले १ वर्ष सम्मको लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ ।
यसै क्रममा बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भैसकेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS