काठमाडौं, मंसिर ३० – सनराइज ब्यांकका ग्राहकले सिद्धार्थ गुप्र अफ हस्पिटालिटीमा विशेष छुट पाउने भएका छन्। सनराइज ब्यांक लिमिटेड तथा सिद्धार्थ गुप्र अफ हस्पिटालिटीबीच ब्यांकका ग्राहकहरूलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौता अनुसार ब्यांकका ग्राहकहरूले सिद्धार्थ गुप्रका होटलहरूमा खान, बस्न तथा बेबरेज जस्ता सुबिधाको भुक्तानी गर्दा सनराइज ब्यांकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्डमार्फत् भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन्।
सम्झौतापश्चात सिद्धार्थ गुप्र अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर महेन्द्रनगर, कैलाली, बुटवल, सुर्खेत, बिर्तामोड लगायतका अन्य जिल्लाहरूमा अवस्थित होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफेहरूमा पनि ग्राहकले छुटको लाभ लिन सक्नेछन्।
ब्यांकले ‘स्मार्ट बनौं, डिजिटल ब्यांकिङ गरौं’ अभियान अनुरूप आफ्ना ग्राहकहरूलाई नविनतम् सेवा प्रदान गर्दै आएको र ग्राहकहरूको अपेक्षाअनुरुप सेवा सुविधा थप गर्दै जाने जनाएको छ।
FACEBOOK COMMENTS