काठमाडौं, चैत १३ – सनराइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सनराईज ब्लुचिप फण्ड स्किमको बाँडफाँट गरेको छ । उक्त स्किमको प्रति इकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई (बिज पूँजी वापत कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई छुट्टाइएको १,५०,००,००० इकाई सहित) चैत १ गतेदेखि ८ गतेसम्म बिक्री खुल्ला गर्दा सर्वसाधारण तर्फ १० रुपैयाँ अंकित दरको ८,५०,००,००० इकाई निष्काशन गरिएको थियो ।
उक्त निष्कासन अवधिमा सर्वसाधारण लगायत बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट ५६,०५८ जना आवेदकहरुबाट जम्मा १२,३७,६४,५४० इकाईका लागि आस्वा-सि-आस्वा मार्फत आवेदन प्राप्त भएकोमा ५३,१४४ जना आवेदकहरुबाट रितपूर्वक प्राप्त भएको ११,८६,१९,८४० इकाईको लागि स्वीकृत विवरणपत्रमा भएको सनराइज क्यापिटलले जनाएको छ ।
सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम १०० कित्ता इकाई देखि ३०,००,००० इकाई सम्म माग गर्ने ५३,१७९ जना आवेदकहरुलाई माग बमोजिम, ५०,००,००० माग गर्ने ४ जना आवेदकहरुलाई ४६,०५,०२६ इकाईको दरले र १,००,००,००० माग गर्ने २ जना आवेदकहरुलाई ४६,०५,०२८ इकाईका दरले सर्वसाधारणहरुको १०,६२,५०,००० इकाई बाँडफाँड गरेको सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले जानकारी दिए ।
कोष प्रवद्र्धक सनराईज बैंक लिमिटेडको १,८७,५०,००० इकाई बिज पूँजी समेत गरी जम्मा १२,५०,००,००० इकाई मिति चैत १३ गते दिउसो २ः०० बजे सनराईज बैंक लिमिटेड लगायत अन्य प्रतिनिधिहरुको उपस्थितिमा सनराईज क्यापिटल लिमिटडमा बाँडफाँड भएको छ ।
FACEBOOK COMMENTS