काठमाडौं, मंसिर ४ – नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्न पक्का भएको छ ।
होबर्टले बिहीबार सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्धित गरेको जनाएको छ । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका सन्दीपले यो सिजन भने नयाँ टोलीबाट खेल्न थालेका हुन् ।
सन्दीपले यस अघि बीबीएलमा २० खेलमा २६ विकेट लिन सफल भएका छन् । होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिम थप बलियो बन्ने भएको बताएको छ ।
यता सन्दीपले बीबीएल १० को लागि होबर्टमा सामेल हुन पाउँदा राम्रो महसुस भएको बताएका छन् । साथै उनले ब्लन्डस्टोन एरिनामा खेल्नका लागि उत्साही भएको बताए । नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
FACEBOOK COMMENTS