काठमाडौं– सन्राइज बैंक लिमिटेडद्धारा स्थापित सन्राइज म्युचुअलफण्ड अन्तर्गत सञ्चालन हुने ‘सन्राइजफस्र्ट म्युचुअलफण्ड’ योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानीकोष योजनाका इकाईहरु बिक्रीमा ल्याउने भएको छ ।
नेपाल धितोपत्र बोर्डले भदौ २३ गते संस्थालाई फण्डजारी गर्न अनुमति दिएको हो । कोष सुपरिवेक्षकहरुमा चण्डी प्रसाद श्रेष्ठ, कृष्णबहादुर मानन्धर, बुद्धि प्रसादआचार्य, प्राध्यापकपूर्ण मानशाक्य र सि.ए. सुधिर कुमार शर्मा रहेका छन् ।
बोर्डको अनुमतिपाएसँगै संस्थाले कोष व्यवस्थापक सन्राइज क्यापिटलमार्फत अंकितमूल्य १० रुपैयाँको १० करोड इकाई बिक्रीगर्न लागेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS