काठमाण्डौँ — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी गरेको छ ।
इन्स्योरेन्सले लम्कीमा एक कार्यक्रमबीच कम्पनीका महाप्रवन्धक कमल राज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना घिमिरे “सुन्तली” लम्कीचुहा नगरपालिकाका मेयर महादेब बजगाईको उपस्थितीमा बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीले ३ लाख बीमाङ्गको बीमा गरेका लम्की कैलालीका बीमित डिल्लीराज उपाध्याय बस दुर्घटनामा परि अपाङ्ग भएकोमा निजलाई अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले निजलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ ।
बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमाशुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङ्क वापतको ३ लाख र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्नेछ ।
FACEBOOK COMMENTS