काठमाडौं, पुस १६- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी रकम भुक्तानी गरेको छ ।
बीमित स्वः केवल प्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क रु.४८७६४।– भुक्तानी गरि ५ लाख बीमाङ्कको जीवन बीमा गरेकोमा एक कार्यक्रमका विच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती तीला वस्नेतलाई रु. ५,१७,५००।– को चेक हस्तान्तरण गरेका छन् ।
साथै सोही अवसरमा सल्यान जिल्लामा बिमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ । गोरख बहादुर के.सी. को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कम्पनीका
महाप्रबन्धक कमलराज गौतम रहेका थिए भने कार्यक्रम सञ्चालन दाब शाखा प्रबन्धक मोतिलाल भट्टराईले गरेका थिए ।
कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।
FACEBOOK COMMENTS