![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — काठमाडौं महानगरपालिकामा शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा आएको छ ।
१३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५ हजार लिटर क्षमताका रहेको महानगरपाालिकाले जनाएको छ ।
५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी छन् ।
यो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहोर तान्न र अर्को जेट सफा गर्न जानु पर्दैन ।
मेसिनमा रहेको हाइ प्रेसर पम्प र १२० मिटरको जेटिङ पाइप भएकाले ढल खोल्ने काम छिटो गर्न सकिने महानगर पालिकाले जनाएको छ ।
जेटमा भएको स्प्रे गनले विरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिनेछ ।
महानगरको वातावरण व्यवस्थापन विभागको अगुवाईमा विशेष सरसफाइ कार्यक्रम अन्र्तगत रत्नपार्क रानीपोखरी, बागबजार, पुतली सडक, भृकुटीमण्डप हुँदै बागबजारसम्मको क्षेत्रमा सफाइ गरिएको थियो ।
FACEBOOK COMMENTS