अहिले नेपालमा २ हजार २सय ५६ शैक्षिक परामर्श कम्पनी मध्धे १४ सय ७३ ले मात्र स्वीकृत पाएका छन् । पहिला पहिला विद्यार्थीलाई ठगेको भन्दै कन्सलटेन्सी व्यवसायहरुको आलोचना हुने गरेको थियो । हाल केहि व्यवस्थीत भएको देखिन्छ । यसै सन्दर्भमा विदेश पढ्न जाने विद्यार्थीका समस्या र शैक्षिक परामर्शका विषयमा इक्यानका महासचिव शेषराज भट्टराई संग बसन्त अर्यालले गरेको कुराकानीः
कन्सलटेन्सी के को लागि खोलिन्छ ?
कन्सलटेन्ट धेरै क्षेत्रमा छन् । त्यस्तै मध्ये हामी एर्बोड स्टडी सम्बन्धी कन्सलटेन्सी हौं । हाम्रो व्यवसाय कसरी मर्यादित बन्नाउन सकिन्छ भन्ने हाम्रो मुख्य काम हो । हाम्रो विद्यार्थीले राम्रो शिक्षा कसरी ग्रहण गर्न सक्छ भन्ने कुरा एजुकेशन्ल कन्सलटेन्सीको दायारामा पर्छ । हामीहरु अन्तराष्ट्रिय शिक्षाको लागि डिल गर्छौ । विद्यार्थीको क्षमताले भेट्दो कुन विश्वविद्यालय छ । नेपालमा नभएका विषय कुन ठाउँमा पढ्दा राम्रो भन्ने सल्लाह सुझाबको लागि कन्सलटेन्सी खोलिन्छ ।
कन्सलटेन्सीको काम विद्यार्थीलाई विदेश पठाउने मात्र हो ?
कन्सलटेन्सी धेरै प्रकारका छन् हाम्रो दायारा ईन्टरनेश्नल स्टडिकोलागी विदेशमा पढ्न जाने विद्यार्थीलाई कन्सलटेन्ट गर्ने नै हो ।
नेपालमा पढ्ने विद्यार्थीहरुको लागी कन्सलटेन्सीहरुको आवश्यक छैन ?
नेपाल विश्वको शिक्षा प्रणालीमा धेरै पछाडि छ । नेपाली विद्यार्थी अन्तराष्ट्रिय रुपम प्रतिस्प्रर्धा गर्न अझै सक्षम बनेको छैन । सिभिलाईजेसनको शुरुवात नै पश्चिमा देशबाट भएकाले त्यहाँको समाज यहाँको भन्दा अलि अगाडि नै छ । तर अहिले विदेशी विद्यार्थी पनि नेपालमा आएर पढ्ने वातावरण राज्यले बनाउँछ भने भने हामी तयार छौ । हामि यहाँको विषयमा पनि कन्सलटेन्ट गर्न सक्छौ । तर अहिले मुलत नेपाली विद्यार्थीलाई नेपालका कलेजका बारेमा धेरै जानकारी हुने र विदेश पढ्न जाने विद्यार्थीहरु मात्र कन्सलटेन्सी आउने गरेका छन् ।
नेपाली विद्यार्थी किन विदेश जान बढि चासो दिन्छन् ?
नेपालमा स्थाई सरकार नहुन, राज्यको संरचना विद्यार्थी मैत्री नुहुनु , पुर्वधारको सुविधा नहुनु जस्ता यावत कुराले नेपाली विद्यार्थी विदेश जान बाध्य भएका थिए । तर अब यो परिवर्तन हुँदै छ नेपालमा स्थीर सरकारको आशा गरिएको छ , विभिन्न पुर्वधारहरु बन्दै छ , नयाँ नियम कानुन बन्दै छन् जसले गर्दा एक हद सम्म विद्यार्थीलाई विदेश जान बाट रोक्ने छ । यी सब हुँदा हुँदै पनि सबै विद्यार्थी नेपालमा रोकेर राख्न त सकिदैन । अहिले विश्वमा नयाँ नयाँ विषय आईरहेका छन् जुन नेपालमा पढाई हुँदैनन् त्यसैले विद्यार्थी बाहिर जाने गर्छन् । यो समय ग्लोवल भिलेजको हो । अहिले अमेरीकाको विद्यार्थी नेपाल आउन पनि सक्छ र नेपाली विद्यार्थी विदेश जान पनि सक्छ ।
विद्यार्थी विदेशमा पढ्न भनेर जाने तर पनि पैसा कमाउन तिर लाग्ने भन्ने पनि छ नि ?
हामी विद्यार्थीलाई विदेशमा पढ्न भनेर जाने तर पैसा कमाउन तिर लाग्ने परामर्श दिदैनौं । यदि कुनै कन्सलटेन्सीले यस्तो गरेको छ भने गलत गरेको छ । अभिभावक तथा विद्यार्थीहरुलाई पनि के सुझाब छ भने विद्यार्थी भनेको पढ्न जाने हो । तर त्यहाँको डिग्री लिएर काम गर्न सक्छ । यदि कसैले विदेशमा पढ्न गएको भोलिपल्ट जागिर पाउँछ र नेपाल पैसा पठाउँन सक्छ भन्छ भने त्यो भ्रामक हो ।
केहि कन्सलटेन्सी सेवाको नाममा ठगि गरेका छन् भन्ने आरोप छ नी ?
मेनपावरको आडमा केहि कन्सलटेन्सीले बदमासी गरेका हुन सक्छन् । तिनीहरुलाई सरकारले कारवाहि गर्ने गरेको पनि छ । सरकारले करको माताहतमा नआएकालाई त कावाहि पनि गर्दै आएको छ । म इक्यानको महासचिव पनि भएकाले इक्यान अन्तरगतका कुनै पनि कन्सलटेन्सी व्यवसायीहरुले कुनै नराम्रो धन्दा चालाएका छैनन् । कुनै कन्सलटेन्सीले विद्यार्थी र अभिभावकहरुलाई ठगेका कारण सम्पुर्ण कन्सलटेन्सी व्यवसाय बदनाम भएको छ । तर इक्यन अन्तरगतका सबै व्यवसायीहरुले नियम बनाएर त्यसलाई व्यवस्थीत गरेका छौ ।
विद्यार्थीहरु ठगिनबाट कसरी बच्ने ?
हामी इक्यान मार्फत पनि बेला बेलामा चेतनाका कर्यक्रम गरिरहेका हुन्छौ । व्यवसायी दर्ता छ कि छैन ? कर तिरेको छ कि छैन ? अफिस छ कि छैन ? यस्ता कुुरा विद्यार्थीले बुझेरमात्र कन्सलटेन्सी जानु पर्छ ।
कन्सलटेन्सी व्यवसायीहरु इक्यान सदस्य बन्ने के आधार छन् ?
हामीले केही क्राईटएरिया बनाएका छौ । हाम्रोमा सदस्य बन्नको लागि आवेदनहरु आएका छन् तर हाम्रो नेत्वृतले हचुवाको भरमा कसैलाई सदस्य बनाएको छैन । हामी उनीहरुको हरेक गतिविधी हेरेर मात्र सदस्य बनाउँछौ ।
बदमासी गरेका कन्सलटेन्सीलाई ईक्यनले कसरी कावाही गर्ने गरेको छ ?
हामी निवाचित भएर आईसके पछाडि २० ओटा कन्सलटेन्सीहरुलाई कार्वाही गरि सकेका छौ । फेक विज्ञापन गर्ने , एकै दिनमा भिषा ग्यारेन्टी , आएल्सको ग्यारेन्टी भन्ने कन्सलटेन्सीलाई हामिले कार्वाही गरेका छौ ।
तपाई कन्सलटेन्सी व्यवसायिहरु किन एउटै संगठनमा बस्न सक्नु हुँदैन ?
हरेक मानिस विभिन्न विचारबाट गाईडेड छ । आफ्नो इच्छा अनुसार संघ खोल्छु भन्ने नराम्रो कुरा होईन । तर उद्देश्य एउटै छ भने हामि छरिएर रहेका पनि एकै ठाउँमा हुने गरेका छौ । जस्तो हामी अहिले शैक्षिक परामर्शदाताका रुपमा विदेशी लगानी हुँनु हुँदैन भन्ने मान्यतामा एकै ठाउँमा छौ । हामी एकै ठाउँमै हुन नसक्ने त होईन तर एक भए पनि त्यहाँ भित्र फेरी झुण्ड–झुण्डको स्वर्थ बाझ्न सक्छ र प्रभावकारी नहुन सक्छ ।
सरकारले समृद्ध नेपाल भनिरहदाँ तपाईहरुको भुमिका के ?
हामीले समृद्ध नेपाल निमाणको लागि सरकारलाई विगत देखीनै सहयोग गदै आएका छौ । नेपालको अर्थतन्त्रको एक हिस्सा रेमिट्यान्स भित्राउन हाम्रो ठुलो हात छ । पढ्न गएका हाम्रा विद्यार्थी आफ्नो अध्यान पश्चात वा केही अध्ययनको शिलशिलामा पनि त्यहाँको सरकारले तोकेको वर्किङ समयमा काम गरेर पैसा नेपाल पठाएका छन् । अहिले विदेशका ठुल ठुला कम्पनिमा हामीले पठाएका विद्यार्थीले काम गरिरहेका छन् । जसले गर्दा राज्यलाई ठुलो सहयोग पुगेको छ । अझ राज्यले चाह्यो भने विदेशमा काम गरेर अनुभव भएकालाई नेपालमा ल्याएर काम लगाउन सक्छ ।जसले सरकारका काम कार्वाहिलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ ।
अन्त्यमा ?
म आफै कन्सलटेन्सी सञ्चालक हुँ । कन्सलटेन्सी क्षेत्रबाट सबै भन्दा धेरै कर तिर्ने संस्था सञ्चालन गरेका छौ । हाम्रोबाट गएको विद्यार्थी कतै दुख पाएको छैन । त्यसैले म चाहन्छु कि कन्सलटेन्सी व्यवसाय पनि व्यवस्थीत र मर्यादित, पारदर्शी होस् । राज्यले पनि कन्सलटेन्सी संस्थाहरु समन्यगरी काम गरोस् ।
FACEBOOK COMMENTS