काठमाडौं, वैशाख २६ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई निर्देशन दिएकोे छ ।स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन निदेशन दिएको हो ।धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा विक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको पत्रमा उल्लेख गरिएको छ ।
अस्पतालमा भर्ना भएकामध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन सपोर्ट दिनु परेको बताउँदै मन्त्रालयले यो निर्णय गरेको हो ।यता मन्त्रालयको निर्णय प्रति अक्सिजन उद्योगहरुले विरोध जनाएका छन् ।एकाएक अक्सिजनको आपूर्ति गडबड हुने गरी निर्णय गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
FACEBOOK COMMENTS