काठमाण्डौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्र सहकार्यमा अघि बढ्नु पर्ने बताएका छन् ।
जनतासंग प्रधानमन्त्री कार्यक्रममा सरकार निजी क्षेत्रप्रत्रि संकुचन भएको भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो बजार अफवाह भएको बताएका हुन् ।
निजी क्षेत्रलाई प्रोत्साहित गर्नु पर्छ तर निजी क्षेत्रलाई भ्रष्ट्रीकरण गर्न नहुने बताए । निजी क्षेत्र कर्मठ , कामकाजी , विकासको व्यवस्थापकको रुपमा निजी क्षेत्रलाई अगाडि लैजानु पर्नेमा जोड दिए ।
उनले विगतमा सार्वजानिक संस्थानलाई निजीकरण गर्ने नाममा सबै उद्योग बन्द भएको भन्दै निजीक्षेत्रलाई भ्रष्ट्रिकरण गरेर निजी क्षेत्रको उत्थान नहुने भन्दै विकासको लिडरको रुपमा व्यवस्थापनको अगुवाको रुपमा निजी क्षेत्रलाई अगाडि लैजानु पर्ने बताए ।
लगानी प्रोत्साहित गर्ने त्यसलाई संरक्षण गर्न कानुनको स्थीती , कर प्रणालीलाई अनुकुल बनाइदिने काम सरकारले गर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपालको शिक्षा क्षेत्रमा निजी शैक्षिक संस्थाको भुमिका ठुलो रहेको भन्दै अब सामुदायिक विद्यालयको गुणस्तर बढाउने ध्यानमा सरकार रहेको बताए ।
सरकारले निजी विद्यालयलाई नियमन गर्ने बताएको भन्दै निजी विद्यालय चल्न नदिने भन्ने हल्ला मात्र भएको बताएका छन् ।
मदिरा निर्देशिका सम्बन्धी प्रश्नमा प्रधानमन्त्री ओलीले मदिरा नियन्त्रण सम्बन्धी निर्देशिका आइनसकेकोले यसमा कोही अतालिनु पर्ने आवश्यक नरहेको बताएका छन् । नेपालमा धेरै कु प्रचार हुने गरेको भन्दै यसले नेपालको उद्योग व्यवसायी, पर्यटन क्षेत्रमा नकरात्मक असर पारेको बताएका छन् ।
उनले यसको मलतब सरकारले कुनै व्यवस्थापन गर्न पनि नमिल्ने भन्ने हुन्छ र भन्ने प्रश्न गरेका छन् । मदिरा खाएर मन्दिरमा गयो भने के हुन्छ ? वा कुनै सार्वजानिक स्थलमा हो हल्ला गर्नेलाई व्यवस्थीत गर्न सरकारले निर्देशिका ल्याउन सक्छ । यसको मतलब सरकारले नेपालका मदिरा उद्योग बन्द गर्ने , नेपालमा मदिरा सेवन गर्न नपाउने निर्देशिका जारी नगर्ने बताए ।
FACEBOOK COMMENTS