काठमाडौं, भदौ २ – सर्वोच्च अदालतका इजलास अधिकृतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको इजलास नम्बर ६ मा कार्यरत २४ वर्षीया अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको हो।
चार दिनअघि अदालतका न्यायाधीश, कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन भएको थियो। इजलास अधिकृतमै संक्रमण पुष्टि भएपछि त्रासको वातावरण पैदा भएको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन्।
यसअघि अदालतका न्यायाधीशको पीएसओ र सवारी चालकमा समेत संक्रमण देखिएको थियो। काठमाडौं बाहिरका उच्च अदालतका न्यायाधीश र कर्मचारीमा देखिएको छ।
FACEBOOK COMMENTS