काठमाण्डौँ — सल्यानमा बिमानस्थल निर्माण हुने भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखराको लेखानाचौरमा बिमानस्थल निर्माण हुने भएको हो ।
आईतबार लेखपोखरा बिमानस्थल पूर्व सम्भाब्यता अध्ययन प्रतिबेदन सार्बजनिक गर्दै बिमानस्थल निर्माणको लागी लेखपोखरा उपयुक्त भएको सार्वजनिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सम्भाब्यता अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै छत्रेश्वरी गाउपालिकाका अध्यक्ष सन्तोष केसीले राप्ती राजमार्गको लान्ती बजार देखी करिब १५ किमीको दुरीमा विमानस्थल बन्ने भएको बताए ।
साथै उनले यस आर्थिक बर्षमा लेखपोखरा बिमानस्थल निर्माणको लागी सम्भाब्यता अध्ययन गर्न गाउपालिकाले १५ लाख रुपैँया बिनियोजन गरेको जानकारी दिए ।
— कारोबार
FACEBOOK COMMENTS