काठमाडौं, कात्तिक १९ – भारतीय कम्पनी माइक्रोम्याक्सले अन्ततः यसको ईन सिरिजमा नयाँ स्मार्टफाेन सार्वजनिक गरेको छ । कम्पनीले याे सिरिज अन्तर्गत नोट वान र वान बी गरी दुई स्मार्टफोन ल्याएको हो ।
यसअन्तर्गत विभिन्न भेरियन्टमा यी फोन सार्वजनिक भएका छन् । भारतीय बजारमा नोट वानको बिक्री नोभेम्बर २४ देखि र वान बीको बिक्री नोभेम्बर २६ देखि हुनेछ ।
यस स्मार्टफोनमा ६.६७ इन्च फुल एचडी प्लस पन्च होल डिस्प्ले छ। यो अल्ट्रा ब्राइट रिजोलुसनको साथ आएको छ। फोनमा मेडियाटेक हेलियो जी८५ प्रोसेसरको साथ ४ जीबी र्याम छ । ६४ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेजका भेरियन्टमा यो फोन किन्न सकिनेछ ।
यसमा फोटोग्राफीका लागि क्वाड रियर क्यामेरा सेटअप छ। यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेल वाइड एंगल लेन्स, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छ। यसमा डुअल एलईडी फ्ल्यास रहेको छ ।
सेल्फीका लागि १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ। यसले ७८ डिग्री वाइड एंगल कभर गर्छ । यसअन्तर्गत तपाईं जिआईएफ फर्म्याटमा फोटोहरू क्लिक गर्न सक्नुहुन्छ ।
फोनमा शक्तिशाली ५ हजार ब्याट्री छ, जसले रिभर्स चार्ज टेक्नोलोजी सपोर्ट गर्दछ। यसको मतलब तपाईं यसको साथ अर्को स्मार्टफोन चार्ज गर्न सकिन्छ । तपाईंले फोनको साथ १८ वाटको फास्ट चार्जर पनि पाउनुहुनेछ।
एन्ड्रोइड टेन अपरेटिङ भर्सनमा चल्ने याे फाेनमा कम्पनीले २ वर्षको ग्यारेन्टी अपग्रेड प्रदान गर्दैछ । याे स्मार्टफाेनकाे मूल्य ४ जीबी प्लस ६४ जीबी भेरियन्टकाे १०,९९९ भारतीय रूपैयाँ र ४ जीबी प्लस १२८ जीबी भेरियन्टकाे १२,९९९ भारतीय रूपैयाँ रहेकाे छ ।
यस स्मार्टफोनमा ६.५२ इन्च प्लस मिनी ड्रप डिस्प्ले छ। यो अल्ट्रा ब्राइट रिजोलुसनको साथ आउँदछ। फोनमा मेडियाटेक हेलियो जी३५ प्रोसेसरको साथ २ जीबी र ४ जीबी र्यामको संयोजन छ।
तपाईंले ३२ जीबी र ६४ जीबी अनबोर्ड स्टोरेजका साथ फोन किन्न सक्नुहुनेछ। फोटोग्राफीका लागि यसमा डुअल रियर क्यामेरा सेटअप छ। जसमा १३ मेगापिक्सलको मुख्य क्यामेरा छ । त्यस्तै २ मेगापिक्सेल डेप्थ सेन्सर छ । यसले डुअल एलईडी फ्ल्यासको सुविधा दिएको छ ।
सेल्फीका लागि ८ मेगापिक्सल फ्रन्ट क्यामेरा छ। फोटोग्राफीका लागि यसमा डुअल रियर क्यामेरा सेटअप छ। जसमा १३ मेगापिक्सलको मुख्य क्यामेरा छ । त्यस्तै २ मेगापिक्सेल डेप्थ सेन्सर छ । यसले डुअल एलईडी फ्ल्यासको सुविधा दिएको छ ।
सेल्फीका लागि ८ मेगापिक्सल फ्रन्ट क्यामेरा छ। फोनमा शक्तिशाली ५००० ब्याट्री छ, जसले रिभर्स चार्ज टेक्नोलोजी सपोर्ट गर्दछ। तपाईले फोनमा १० वाटको फास्ट चार्जर पनि पाउनुहुनेछ।
एन्ड्रोइड टेन अपरेटिङ भर्सनमा चल्ने याे फाेनमा कम्पनीले २ वर्षको ग्यारेन्टी अपग्रेड प्रदान गर्दैछ।
याे फाेनकाे मूल्य २ जीबी प्लस ३२ जीबी भेरियन्टमा ६,९९९ भारतीय रूपैयाँ र ४ जीबी प्लस ६४ जीबी भेरियन्टमा ७,९९९ भारतीय रूपैयाँमा भारतीय बजारमा उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS