ललितपुर, पुस २५ – राष्ट्रिय सहकारी महासंघको आगामी कार्यकालकालागि संचालक समितिको अध्यक्षमा मिनराज कंडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत चयन भएका छन् ।
महासंघको जारी २७औं बार्षिक साधारणसभाका क्रममा कँडेल र मल्ल सर्वसम्मत भएका हुन् । दुवै सत्तारुढ दल नेकपाका निकटका व्यक्ति हुन् । कंडेल पूर्वएमालेनिकटका व्यक्ति हुन् भने मल्ल यसअघि काँग्रेसबाट संविधानसभा सदस्यसमेत भए पनि पछि नेकपामा प्रवेश गरेकी हुन् ।
महासंघको सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट आगामी चार वर्षकोलागि नयाँ संचालक समितिको चयन हुँदैछ । महासंघको नयाँ सञ्चालक समितिको उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदकालागि रमेश पोखरेल, डिल्लीराम तिवारी र दक्ष पौडेलको उम्मेदवारी परेको छ ।
कुल २२ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समितिका लागि ८० जनाले उम्मेदवारी दिएका छन् । महासंघको विभिन्न पदका लागि आज शुक्रबार निर्वाचन हुँदैछ ।
FACEBOOK COMMENTS