वैशाख १८ – ललितपुरको स्तम्भ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उपभोक्ताहरुलाई ५% देखि २५% छुटमा खाद्य सामाग्री उपल्ब्ध गराउन थालेको छ । लकडाउनका कारण जनजिविका धान्न मुश्किल परिरहेको बेला स्तम्भ बहुउद्देश्यीयले आम उपभोक्तालाई थप राहत मिलोस भन्ने हेतुले अत्यावश्यकिय सामाग्रीमा छुटको सुविधा उपलब्ध गराएको हो ।
बैशाख १७ गते बुधबार बिहान १२ बजे देखि दिउँसो ४ बजेसम्म साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले व चाङल न:तोलमा घुम्ती पसल संचालनमा ल्याउने क्रममा स्तम्भ बहुउद्देश्यीय सहकारी संस्थाले सहकार्य गरेको थियो । संस्थाले समाजिक दायित्वलाई वहन गर्दै उक्त छुट बराबरको रकम व्यहोरेको संस्थाका धन बहादुर महर्जनले बताए । छुटमा सामाग्री बिक्री गरेकाले उक्त सहुलियत दरको सुपथ मुल्य घुम्ती पसलमा आम उपभोक्ताको लामो लाम लागेको थियो । त्यसो त यसरी घुम्ती सेवा मार्फत दैनिक रुपमा सेवा प्रवाह गर्ने क्रममा सामाजिक दुरीको नियमलाई पालना गर्दै स्वास्थ्य सुरक्षा माथि जोड दिने गरेको साल्ट ट्रेडिङ्का सेल्स स्टाफ सन्तोष सिग्देलले बताए । उक्त कार्यलाई सफल पार्न बिपिन महर्जन,सुनिल शाक्य,ख्वाबैली टोल सुधार समिति,जल बिनायक समुह, लयता पुच र सुरक्षाकर्मीहरुले समेत सहयोग पुर्याएको पृथ्वीन्दु महर्जनले जानकारी दिएकी छिन् ।
कुन सामानमा कति छुट-
क्र. स. खाद्य सामाग्री साबिक मुल्य (रु) बिक्री मुल्य (रु)
१. नून २० १५
२. चिनी (२ केजी) १४६ १४०
३. दाल ( १ केजी) १२० ११५
४. तेल ( लिटर ) १७० १६०
५. आटा २७५ २६०
६. चामल (बोरा) १६२० १५५०/-
FACEBOOK COMMENTS