काठमाण्डौँ — नेपाल व्यवस्थापन संघले पुस १४ गते सहयोगी कर्मचारीहरुलाई कार्य उत्प्रेरणा तालिम दिने भएको छ ।
एकदिने कार्यक्रमकाठमाडौंको होटल मस्र्याङ्दी ठमेलमा आयोजना हुने भएको हो ।
तालिम कार्यक्रममा सदाझैं सहभागीहरु मनोनयन गरी संस्थामा आवद्ध सहायक स्तरका कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धि मार्फत संस्थागत उत्पादकत्वमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको जनाइएको छ ।
कार्यक्रमको ब्रोसियर यसै इमेलमा संलग्न रहेको छ ।
नेपाल व्यवस्थापन संघले विगत ३८ वर्षदेखि तालिम तथा कार्यशाला गोष्ठीको माध्यमबाट विभिन्न तहमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धी कार्यमा निरन्तररुपमा कार्यरत रहेको छ ।
FACEBOOK COMMENTS