![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं—अर्थ मन्त्रालयले तयार पारेको सहुलियतपूर्ण कर्जा तथा ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ यसै साता मन्त्रिपरिषद्मा पेस हुने भएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले युवालाई सहुलियतपूर्ण ब्याजमा कर्जा उपलब्ध गराउन एकीकृत कार्यविधि तयार पारेर कार्यान्वनमा लैजाने तयारी गरेका हुन् ।
मन्त्रिपरिषद्ले पास गरेपछि कार्यविधि कार्यान्वयनमा हुनेछ ।
एकीकृत कार्यविधिले बिना धितो सहुलियतपूर्ण ब्याजमा निश्चित कर्जा उपलब्ध गराउने व्यवस्था गरेको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा.रामशरण खरेलले जानकारी दिए ।
यस्तो कर्जा प्राप्त गर्न परियोजनाको अनिवार्य सुरक्षण र व्यवसायको बिमा गर्नुपर्नेछ ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS