काठमाण्डौं – साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा.श्री रबिन्द्र प्रसाद श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा सँलग्न अनुसुचिहरु उपर छलफल गरि चौधौं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
यस विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७४/७५ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस कर सहित सो साधारणसभाबाट पारित गरेको छ ।
सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ६० करोड ६६ लाख ४० हजार ४ सय हुनेछ ।