काठमाण्डौँ — सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौ, पेप्सीकोला स्थित उर्जाशिल अपाङग सशक्तिकरण केन्दलाई सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले १ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।
यस हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई १ थान कम्प्युटर हस्तान्तरण गरे ।
यसबाट देशमा विद्यमान शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुग्नेछ ।
यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिगं सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८१ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS