काठमाडौं, साउन २२। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धरानको विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ ।
बैंकद्वारा आयोजित एक कार्यक्रममा एक लाख एघार हजार रुपैयाँको चेक बैंकको तर्फबाट धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्तरण गरे ।
उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने बैंकको विश्वास छ ।
हालसम्म बैंकले देशभर रहेका ८६ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार असामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS