मदन तिमल्सेना
तनहुँ,चैत्र २०- प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो क्षेत्रका सबै पालिकाका प्रमुख र सरकार कार्यालयका प्रमुखहरुलाई मास्क, पिपिई , सेनीटाइटर हस्तान्तरण गरेका छन् ।
उनले बिहीबार आवुखैरेनी गाउपालिकालाई १५ सय थान मास्क र स्वास्थ्यकर्मीको लागि आवश्यक पर्ने ५ थान पिपिई , बन्दिपुर गाउपालिकालाई मास्क १५ सय थान, पिपिई ५ थान , भानु नगरपालिकालाई मास्क २ हजार पिस, पिपिई १० पिस, व्यास नगरपालिकालाई मास्क २ हजार पिस, पिपिई ३ पिस, देवघाट गाउपालिकालाई १५ सय पिस मास्क , पिपिइ ५ पिस, जिल्ला प्रहरी कार्यालय तनहुलाई ७५० पिस मास्क, ४ लिटर सेनीटाइटर सशस्त्र प्रहरी बल भानुलाई ५ सय पिस, ४ लिटर सेनीटाइटर इलाका प्रहरी कार्यालय भानुलाई २५० पिस मास्क, २ लिटर सेनीटाइटर, इलाका प्रहरी कार्यालय आबुखैरेनिलाई २५० पिस मास्क , दमौली अस्पताललाई १ हजार पिस मास्क , ५ पिस पिपिई ,जिल्ला कारागार तनहुलाई २५० पिस मास्क, १ लिटर सेनीटाइटर, जिल्ला ट्राफिक कार्यालय तनहुँ लाई २५० पिस मास्क र पत्रकार महासंघ तनहुँलाई २५० पिस मास्क, मुग्लिङ प्रहरीलाई ५० पिस मास्क हस्तान्तरण गरेका हुन ।
उक्त अबसरमा उनले कोरोना भाईरसबाट आफ्ना जिल्लावासीलाई बचाउन व्यक्तिगत खर्चमा सबै प्रवन्ध मिलाएको साथै कोठा उपलब्ध गराएको खण्डमा दमौली अस्पतालमा व्यक्तिगत खर्चमा भेन्टिलेटर, मनिटर , आईसियु सहितको पाँच बेड निर्माणको लागि आफु तयार रहेको बताए । यसभन्दा अगाडि नै सांसद श्रेष्ठले लकडाउनको समयमा गारो पर्ने जिल्लावासीलाई आफ्नो वा आफ्ना निजि सहायकको मोवाईल नम्बरमा फोन गर्न आग्रह गर्दै आएका छन् ।
FACEBOOK COMMENTS